-->

Prarthana Lyrics By Neetesh Jung Kunwar

Prarthana Lyrics

यो जिबनको केही भर छैन, थाहा नै छ सबैलाई त्यै नि बाँचेकै छौ हामी, मलाई केही नि हुन्न भनी अरु बितेको सुनेर दु:ख त लाग्छ , तर एकैछिनमा के थाहा, आफु नै जाने हो कि ? धर्म र कर्म आफान्त मित्र भन्दा भन्दै , हेर आफ्नै लागि जिउन , समय कैले नि मिलेन त्यसैले जाउ अनि भनिदेउ दैवलाई लानु नै छ तिमीले एक दिन तर आज एकछिन जिउन देउ मलाई सोचेको जस्तो हुँदैन , भन्छन् है सबैले यो चलिरहेको पाईला एक्कासि रोकिने पो हो कि बिपनिमा देखेको सपना ठिकै छ एकदिन पुरा गर्छु भन्दा भन्दै उमेर बिती जाने हो कि आजको दिन त, दु:खमै बित्यो तर समय उस्तै हुँदैन जहिले पनि सबै ठिकै होला भोलि त्यसैले जाउ, अनि भनी देउ दैवलाई लानु नै छ तिमीले एक दिन तर आज एकदिन जिउन देउ मलाई एकदिन जिउन देउ मलाई यो सधै को रोधन, भित्र एकछिन को हाँसो, मिठो सम्झना तर सच्चाई छ तीतो यहाँ धनी या गरिब सबैलाई पेटकै छ चिन्ता के गर्नु साथी यही दुनियाँको रीत हो यो जिबनको केहि भर छैन, थाहा नै छ सबैलाई त्यै नि बँचेकै छै हामी , मलाई केहि नि हुन्न भनी त्यसैले जाउ, अनि भनी देउ दैवालाई लानु नै छ तिमीले एक दिन तर आज , एकछिन जिउन देउ मलाई एकछिन जिउन देउ मलाई
LihatTutupKomentar